Showing posts with label हस्तमैथुन. Show all posts
Showing posts with label हस्तमैथुन. Show all posts

Wednesday, June 22, 2011

के हो सेक्सटोयज ?


यौनसन्तुष्टि प्राप्त गर्न प्रयोग गरिने कृत्रिम यौनसामग्री नै सेक्सटोयज हो, जुन ठ्याक्कै उही आकार र रंगमा उपलब्ध हुन्छ। यसका थुप्रै भेराइटिज छन्। आफैं सन्तुष्टि पाउनुका साथै अरूद्वारा सन्तुष्टि प्राप्त गर्न पनि यसको प्रयोग गरिन्छ। यौन खेलौनाका बारेमा थुप्रै गलत धारणा विद्यमान छन्। भनिन्छ, एक्लो र सेक्सुअल पार्टनर नभएका व्यक्ति, समलिंगी (गे अथवा लेस्बियन) हरूले यसको प्रयोग गर्छन् तर सत्य अर्कै छ। यसको प्रयोग सबै व्यक्तिले उत्तिकै गर्छन्। कोही एक्लो भएका बेला वा यौन मित्रसँगै यौन आनन्दका लागि यस्ता सेक्सटोयज प्रयोग गरिन्छ। सेक्सटोयज क्वालिटीयुक्त सफा एवं आकर्षक हुनुपर्छ । यसको प्रयोगबाट यौनजन्य सरुवा रोगबाट बच्न सकिन्छ। सेक्सटोयज मुख्यतः माड्ने, दल्ने र भाइब्रेटर हुन्छन् जुन यौनांग र मलद्वारमा यौनसम्पर्कका बेला प्रयोगमा ल्याइन्छ। 

सहवासमा सेक्सटोयजको प्रयोग

कहिलेकाहीँ आफ्नो यौनप्यासका सम्बन्धमा आफ्नो सेक्स पार्टनरलाई भन्न गाह्रो हुन्छ। नयाँ खालको रमाइलो गर्ने कुरामा उनीहरू आफ्ना कुरा व्यक्त गर्न सक्दैनन्। कतिपयमा सेक्सटोयज प्रयोग गर्नु हुँदैन भन्ने मानसिकता हुन्छ। इमान्दारिता र खुला रूपमा आफ्नो सेक्स पार्टनरलाई यस विषयमा बताउनुपर्छ, जसले गर्दा यौन सम्पर्कका बेला यस्ता सेक्सटोयजको प्रयोगका सम्बन्धमा दुवैमा सकारात्मक धारणाको विकास भै पूर्ण यौनसन्तुष्टिको भागीदार हुन सकिन्छ। सेक्स पार्टनरलाई के गर्न मन लाग्छ ? उसले यौनलाई कसरी स्वीकार गर्छ भन्ने कुरादेखि लिएर सेक्सटोयज स्वस्थ हुनुपर्छ जस्ता  कुराको ख्याल गरे यसले जीवनलाई आनन्ददायक बनाउने दाबी गरिन्छ।

सेक्सटोय किन्दा ध्यान दिनुपर्ने कुरा

कस्तो खालको सेक्सटोय छान्ने अथवा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा केही कुरा दिमागमा राख्नुपर्छ। यसको प्रयोग आनन्दायक र स्वास्थ्यका दृष्टिकोणले यौनजन्य संक्रमणरहित हुनुपर्छ।

सेक्सटोयजको प्रयोगअघि त्यसको क्वालिटी र अवस्थामा ध्यान पुर्‍याउनुपर्छ। नरमपन पनि जाँच्नु आवश्यक हुन्छ। सेक्सटोय च्यातिएको अथवा भाँचिएको पनि हुन सक्छ।

सेक्सटोयजको प्रयोगमा चिल्लो पदार्थको ठूलो भूमिका हुन्छ जसले सुरक्षित यौनआनन्द प्रदान गर्छ। यसका लागि आफ्नो यौन खेलौनाअनुरूपको उच्चस्तरीय चिल्लो पदार्थ (लुब्रिकेन्ट) बजारमा उपलब्ध हुन्छ।

सबै यौन खेलौना साटासाट गर्नु उपयुक्त हुँदैन। यस्ता सामग्री कसैलाई दिँदा यौन संक्रमण हुनसक्छ।

नधोइएको र कन्डम प्रयोग नगरिएको सेक्सटोय मुख र महिला यौनअंगमा लगाउनु हुँदैन, किनभने सेक्सटोयलाई गुदद्वारमा पनि प्रयोग गरिएको हुनसक्छ। बिना सावधानी प्रयोग भए यसबाट महिलाहरूको पिसाब नलीमा संक्रमण हुन सक्छ। 

यदि सेक्सटोयको प्रयोगले पीडा भए तत्काल सम्भोगक्रिया रोक्नुपर्छ। आफ्नो पार्टनरसँग सेक्सटोय प्रयोग गर्दा एक-अर्कामा विश्वास आवश्यक हुन्छ। पुनः इच्छा भए केही बेर आराम गरेर सेक्स टोयमा थप चिल्लो पदार्थ लगाई काम सुरु गर्नु उपयुक्त हुन्छ।

सेक्सटोयको सफाइ

सेक्सटोय महँगो हुन्छ। यसको प्रयोग बारम्बार गरिन्छ। त्यसैले पनि यसलाई जोगाउन उत्तिकै ध्यान पुर्‍याउनुपर्छ। यौनजन्य संक्रमण र जीवाणु आक्रमणबाट बच्न पनि सेक्सटोयलाई राम्रोसँग सफा गर्नुपर्छ। केही रोगका जीवाणु सेक्सटोयमा लामो समयसम्म रहन सक्छन्। हेपाटाइटिस र स्क्याबिजजस्ता रोगका जीवाणु केही सातादेखि महिना दिनसम्म जीवित हुन सक्छन्। त्यसका लागि सेक्सटोयलाई कसरी सफा गर्ने भन्ने कुरामा ध्यान दिनु आवश्यक हुन्छ।

Saturday, April 30, 2011

बैबाहिक जिबनमा हस्तमैथुन

यौनचाहना र हस्तमैथुन  

हामीमा प्राकृतिक रूपमै यौनइच्छा हुन्छ र यो विशेष गरेर किशोरावस्था तथा युवावस्थामा प्रबल हुन्छ। विवाह भएर श्रीमान्सँग नियमित रूपमा सहवास गर्न पाएको स्थितिमा यौनसम्पर्क पनि नियमित हुने भएकाले यौनचाहना पूरा गर्न वैकल्पिक उपायको आवश्यकता नपर्नसक्छ, तर श्रीमान् साथ नहुँदा र अर्को कुनै पुरुष तपाईंको यौन चाहनाको परिपूर्तिका लागि विकल्पमा नरहेको स्थितिमा हस्तमैथुन पक्कै पनि राम्रो उपाय हो। 


Wednesday, April 27, 2011

विवाहपश्चात पनि हस्तमैथुन

किशोरावस्थामा हुँदा आफ्नो यौन तनाव कम गर्ने कुनै अन्य उपाय नहुँदा हस्तमैथुनकै सहारा लिनुपर्ने स्थिति भए पनि विवाहपछि यौनसम्पर्कका माध्यमबाट नै यौनआनन्द  पाउन सकिने भएकाले सामान्यतः विवाहित व्यक्तिहरूमा हस्तमैथुन गर्ने कार्यमा केही कमी आउँछ, तर यसको अर्थ यो पनि होइन कि विवाह हुँदैमा उसले हस्तमैथुन गर्न  बिल्कुलै बन्द गर्छ । विवाहित व्यक्तिहरूले विभिन्न परिस्थिति र विशेषगरी नियमित रूपमा यौन सम्र्पक राख्न नपाएको स्थितिमा आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुनको  सहारा लिन्छन् र यो एकदमै सामान्य प्रक्रिया हो ।

पुरुषले मात्रै होइन महिलाले पनि गर्छन् हस्तमैथुन

काठमाडौं बालाजुकी २६ वर्षिया सोफिया शर्माको -नाम परिवर्तन) श्रीमान डेढ वर्षअगाडि कामका लागि विदेश गएका छन् । श्रीमान विदेश गएपछि सोफियाले आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुन गर्दै आएकी छिन् । श्रीमान बिदेसिएको ६ महिनासम्म यौनचाहना तीव्र भएपनि हस्तमैथुन नगरेकी सोफियाले त्यसपछि भन्ने आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुनको सहरा लिइन् । सोफियाले हस्तमैथुनका विषयमा पठाएको जिज्ञासाअनुसार उनले साताको तीनपटकसम्म हस्तमैथुन गर्दै आएकी छिन् । सोफियाको पत्रमा हस्तमैथुन गर्दा के असर गर्छ ? वैवाहिक जीवनमा कुनै असर गर्छ कि ? हस्तमैथुनले सन्तानप्राप्तिमा कुनै असर गर्छ ? हस्तमैथुन कसरी गर्नुपर्ला ? लगायतका जिज्ञासा राखिएको छ ।

बढी हस्तमैथुन गर्नु हानिकारक

हस्तमैथुनले मानिसलाई फाइदा गर्ने भएपनि बढी मात्रामा हस्तमैथुन गर्नु शरीरका लागि हानि पुर्‍याउनु हो । डा. रूपाखेतीले हस्तमैथुन एक स्वाभाविक यौन अभिव्यक्ति भएकाले यसलाई निश्चित सीमासम्म सुरक्षित तवरले गर्दा कुनै हानि नगर्ने बताए । उनका अनुसार, सातामा दुईदेखि तीनपटकसम्म हस्तमैथुन गर्नु राम्रो हुन्छ । तर त्योभन्दा बढी गर्दा नकारात्मक असर पर्न सक्छ । महिलाले हस्तमैथुन गर्दा योनिमा केही पसाएर आनन्द लिने गरेकाले योनिमा कुनै वस्तु पसाउनुअघि ध्यान दिनुपर्छ । महिलाले योनिमा औंला पसाउनेदेखि बाहेक लिंग आकारको वस्तु पसाउने गर्छन् । अहिले यौन प्रसाधनका रूपमा लिंगको स्वरूपजस्तो वस्तु बजारमा पाइने भएकाले त्यही वस्तुको प्रयोगबाट बढी यौनआनन्द लिने गर्दा भोलि आफ्नो यौनसाथीसित सम्पर्क गर्दा आनन्द नपाइन सक्छ । त्यसकारण महिलाले लत लाग्नेगरी तथा आवश्यकभन्दा बढी हस्तमैथुन गर्नु हानिकारक मानिन्छ । यसका साथै योनिमा प्रवेश गराइने वस्तु सफा-सुग्घर हुन आवश्यक छ । यदि ती वस्तु सफा छैनन् भने यौनांगमा विभिन्न संक्रमण देखा पर्न सक्छ । त्यसकारण योनिमा कुनै कुरा पसाएर हस्तमैथुन गर्दा केही ध्यान दिनु आवश्यक रहेको डा. रूपाखेतीले बताए । उनका अनुसार, बजारमा पाइने त्यस्ता साधनका कारण महिलालाई लत लाग्न सक्छ र वैवाहिक जीवनमा चरम यौनसन्तुष्टि प्राप्तिका लागि पुनः हस्तमैथुनकै सहरा लिनुपर्ने हुन सक्छ ।

Tuesday, April 26, 2011

हस्तमैथुनको फाइदा

हाम्रो समाजमा हस्तमैथुनलाई नकारात्मक रूपमा हेर्ने गरिन्छ । तर, हस्तमैथुनले मानिसलाई फाइदै गर्छ । हालसम्म हस्तमैथुनको नकारात्मक असर देखिएको छैन । सर्वप्रथम त हस्तमैथुनले यौनेच्छाको दमनबाट हुने तनाबबाट मानिसलाई मुक्ति दिलाउँछ । हरेक मानिसमा यौन चाहना हुने गर्छ । पुरुषले हस्तमैथुनका विषयमा खुलेर कुरा गर्छन्, तर महिलाले भने यसलाई लुकाउने गरेका छन् । डा. रूपाखेतीका अनुसार, यौनचाहना स्वाभाविक कुरा हो र यसलाई शान्त पार्न यौनसम्पर्क नै गर्नुपर्छ भन्ने धेरैको धारण छ । तर, यौनसम्पर्क गर्न नपाइएको स्थितिमा हस्तमैथुन एक राम्रो विकल्प हो ।

Friday, April 22, 2011

हस्तमैथुनको बानी कसरी हटाउने ?

किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको  विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत  धारणा पनि छन् ।

यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा  यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको  यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि

Comment using Facebook