यौनसन्तुष्टि प्राप्त गर्न प्रयोग गरिने कृत्रिम यौनसामग्री नै सेक्सटोयज हो, जुन ठ्याक्कै उही आकार र रंगमा उपलब्ध हुन्छ। यसका थुप्रै भेराइटिज छन्। आफैं सन्तुष्टि पाउनुका साथै अरूद्वारा सन्तुष्टि प्राप्त गर्न पनि यसको प्रयोग गरिन्छ। यौन खेलौनाका बारेमा थुप्रै गलत धारणा विद्यमान छन्। भनिन्छ, एक्लो र सेक्सुअल पार्टनर नभएका व्यक्ति, समलिंगी (गे अथवा लेस्बियन) हरूले यसको प्रयोग गर्छन् तर सत्य अर्कै छ। यसको प्रयोग सबै व्यक्तिले उत्तिकै गर्छन्। कोही एक्लो भएका बेला वा यौन मित्रसँगै यौन आनन्दका लागि यस्ता सेक्सटोयज प्रयोग गरिन्छ। सेक्सटोयज क्वालिटीयुक्त सफा एवं आकर्षक हुनुपर्छ । यसको प्रयोगबाट यौनजन्य सरुवा रोगबाट बच्न सकिन्छ। सेक्सटोयज मुख्यतः माड्ने, दल्ने र भाइब्रेटर हुन्छन् जुन यौनांग र मलद्वारमा यौनसम्पर्कका बेला प्रयोगमा ल्याइन्छ।
सहवासमा सेक्सटोयजको प्रयोग
कहिलेकाहीँ आफ्नो यौनप्यासका सम्बन्धमा आफ्नो सेक्स पार्टनरलाई भन्न गाह्रो हुन्छ। नयाँ खालको रमाइलो गर्ने कुरामा उनीहरू आफ्ना कुरा व्यक्त गर्न सक्दैनन्। कतिपयमा सेक्सटोयज प्रयोग गर्नु हुँदैन भन्ने मानसिकता हुन्छ। इमान्दारिता र खुला रूपमा आफ्नो सेक्स पार्टनरलाई यस विषयमा बताउनुपर्छ, जसले गर्दा यौन सम्पर्कका बेला यस्ता सेक्सटोयजको प्रयोगका सम्बन्धमा दुवैमा सकारात्मक धारणाको विकास भै पूर्ण यौनसन्तुष्टिको भागीदार हुन सकिन्छ। सेक्स पार्टनरलाई के गर्न मन लाग्छ ? उसले यौनलाई कसरी स्वीकार गर्छ भन्ने कुरादेखि लिएर सेक्सटोयज स्वस्थ हुनुपर्छ जस्ता कुराको ख्याल गरे यसले जीवनलाई आनन्ददायक बनाउने दाबी गरिन्छ।
सेक्सटोय किन्दा ध्यान दिनुपर्ने कुरा
कस्तो खालको सेक्सटोय छान्ने अथवा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा केही कुरा दिमागमा राख्नुपर्छ। यसको प्रयोग आनन्दायक र स्वास्थ्यका दृष्टिकोणले यौनजन्य संक्रमणरहित हुनुपर्छ।
सेक्सटोयजको प्रयोगअघि त्यसको क्वालिटी र अवस्थामा ध्यान पुर्याउनुपर्छ। नरमपन पनि जाँच्नु आवश्यक हुन्छ। सेक्सटोय च्यातिएको अथवा भाँचिएको पनि हुन सक्छ।
सेक्सटोयजको प्रयोगमा चिल्लो पदार्थको ठूलो भूमिका हुन्छ जसले सुरक्षित यौनआनन्द प्रदान गर्छ। यसका लागि आफ्नो यौन खेलौनाअनुरूपको उच्चस्तरीय चिल्लो पदार्थ (लुब्रिकेन्ट) बजारमा उपलब्ध हुन्छ।
सबै यौन खेलौना साटासाट गर्नु उपयुक्त हुँदैन। यस्ता सामग्री कसैलाई दिँदा यौन संक्रमण हुनसक्छ।
नधोइएको र कन्डम प्रयोग नगरिएको सेक्सटोय मुख र महिला यौनअंगमा लगाउनु हुँदैन, किनभने सेक्सटोयलाई गुदद्वारमा पनि प्रयोग गरिएको हुनसक्छ। बिना सावधानी प्रयोग भए यसबाट महिलाहरूको पिसाब नलीमा संक्रमण हुन सक्छ।
यदि सेक्सटोयको प्रयोगले पीडा भए तत्काल सम्भोगक्रिया रोक्नुपर्छ। आफ्नो पार्टनरसँग सेक्सटोय प्रयोग गर्दा एक-अर्कामा विश्वास आवश्यक हुन्छ। पुनः इच्छा भए केही बेर आराम गरेर सेक्स टोयमा थप चिल्लो पदार्थ लगाई काम सुरु गर्नु उपयुक्त हुन्छ।
सेक्सटोयको सफाइ
सेक्सटोय महँगो हुन्छ। यसको प्रयोग बारम्बार गरिन्छ। त्यसैले पनि यसलाई जोगाउन उत्तिकै ध्यान पुर्याउनुपर्छ। यौनजन्य संक्रमण र जीवाणु आक्रमणबाट बच्न पनि सेक्सटोयलाई राम्रोसँग सफा गर्नुपर्छ। केही रोगका जीवाणु सेक्सटोयमा लामो समयसम्म रहन सक्छन्। हेपाटाइटिस र स्क्याबिजजस्ता रोगका जीवाणु केही सातादेखि महिना दिनसम्म जीवित हुन सक्छन्। त्यसका लागि सेक्सटोयलाई कसरी सफा गर्ने भन्ने कुरामा ध्यान दिनु आवश्यक हुन्छ।