Saturday, April 30, 2011

कन्डम के हो ?



 कन्डम पुरुषहरूले यौनसम्पर्कका बेला प्रयोग गर्ने एक विशेष किसिमको रवरले बनेको लिङ्गमा लगाउने पातलो खोल हो। अहिले सामान्य रू पमा बजारमा उपलब्ध हुने पुरुषको लिङ्गमा लगाइने कन्डम ल्याटेक्स रबरबाट बनेको हुन्छ। अहिले महिला कन्डम पनि उपलब्ध हुन थालेको  छ। कन्डमको प्रयोगले गर्भ निरोध हुने मात्र होईन, यसले एचआईभी तथा यौनरोगको संक्रमणबाट पनि बचाउँछ। सही तरिकाले प्रयोग गर्दा  कन्डमको प्रभावकारीता उच्च छ। कन्डम लगाएपछि वीर्य स्खलन हुँदा योनिमा पर्न पाउँदैन, त्यसैले वीर्यमा भएका शुक्रकीट पनि पाठेघरमा  पस्न पाउँदैनन्, त्यसैले गर्भ रहने कुरै आउँदैन। के कन्डमको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पर्छ ? 


कन्डम गर्भ निरोधका लागि मात्र होईन, यौन स्वास्थ्यलाई सुरक्षित बनाउन प्रयोग गरिने साधन पनि हो। यसले एचआईभी तथा यौनरोगको  संक्रमणबाट पनि बचाउँछ। तपाईंले यस्तो कुरा कहाँबाट कसरी सुन्नुभयो, जानकारी दिनुभएको भए जवाफ दिन सजिलो हुने थियो। सामान्यतः  कन्डमको प्रयोगले पुरुष तथा महिला दुवैको स्वास्थमा कुनै नकारात्मक असर पार्दैन। 

कतिपय व्यक्ति कन्डमले यौनसन्तुष्टि नदिने बताउँदै कन्डमको प्रयोगलाई झन्झटिलो मान्छन्। वास्तवमा कुरा त्यसो होइन। सीधा सम्पर्कभन्दा  कुनै वस्तु बीचमा राखेर सम्पर्क गर्दा फरक त पर्ने नै भयो। केही व्यक्तिले यसलाई यौनसन्तुष्टि कम गराउने कारक माने पनि जान्ने व्यक्तिका  लागि यो कुरा फरक हुन सक्छ। यसमा अभ्यस्त हुन सके मजाले यौनसन्तुष्टि पाउन सकिन्छ। लिङ्गमा कन्डम लगाउने कुरालाई पाक्क्रीडासँगै  जोड्न सक्नुपर्छ। आफूलाई आवश्यक पर्ने कन्डमको प्याकेट ओछयानको नजिकै राख्नुपर्छ, जसले गर्दा यौन क्रियाकलाप (पाक्क्रीडा) सुरु  गरिसकेपछि त्यसको निरन्तरतालाई टुटाउनु नपरोस्। यसरी पाक्क्रीडाकै निरन्तर क्रियाकलापका रूपमा कन्डम लगाउने प्रक्रियालाई पनि सँगसँगै लिएर जाने अभ्यास गरे झन्झटिलो नलाग्ने मात्र होइन, त्यसले यौन उत्तेजना पनि बढाउँछ। कन्डम लगाउने कार्यमा श्रीमान्-श्रीमती  दुवै सहभागी भए सुनमा सुगन्ध थपिन्छ।

महिला तथा पुरुष यौन प्रतिक्रिया चक्रमा केही भिन्नता हुने कुरा हामीले यसअघि पनि उल्लेख गरेका थियौं। चरमसुख प्राप्त गर्न महिलालाई  केही बढी समय लाग्न सक्छ भने चरमसुखपछि पुरुष चभाचबअतयचथ उभचष्यम मा जान्छ। कन्डमले लिङ्गको संवेदनशीलतामा पार्ने फरकले  पुरुष तुरुन्तै चरमसुख तथा वीर्य स्खलनको चरणमा पुग्दैन र त्यसका लागि केही समय लाग्छ। यसरी केही बढी समय लाग्नुलेे महिलालाई  यौन चरमसुख पाउने कार्यमा सहयोग नै पुर्‍याउँछ। अर्कातिर, कतिपय पुरुष जसलाई शीघ्रस्खलनको समस्याले सताएको हुन्छ र कन्डमको  प्रयोग यस्तो बेलामा उपचार सावित हुन सक्छ। त्यसैले कतिपय व्यक्तिमा कन्डमले यौन सन्तुष्टिलाई कम गर्छ भन्ने धारणा भए पनि उक्त  कुरा सत्य होइन भन्ने कुरा बुझ्नु आवश्यक छ। 

No comments:

Post a Comment

Comment using Facebook