Saturday, April 30, 2011

सुन्दर बन्न ५२ चोटि प्लास्टिक सर्जरी


कोही मान्छे सुन्दर बन्न लागि के-केसम्म गर्न सक्छ भन्ने कुराको उदाहरण बनेकी छन् ५५ वर्षीया
 सिन्डी ज्याक्सन । उनले सुन्दर र सेक्सी बन्नका लागि एक÷दुईचोटि होइन अहिलेसम्म 
५२ चोटी प्लास्टिक सर्जरी गराइसकेकी छन् । उनी अहिलेसम्म सबैभन्दा धेरैचोटि प्लास्टिक
 सर्जरी गराउने महिलाका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएकी छन् । उनी अझ 
पनि आफू तरुनी देखिनका लागि जस्तोसुकै प्रविधि पनि अपनाउन तयार रहेको बताउँछिन् । 


ओहियो राज्यमा सामान्य किसान परिवारमा जन्मिएकी सिन्डी बाल्यकाल तथा किशोरी हुँदा पनि सामान्य थिइन् । उनी खास आकर्षक युवती थिइनन् । सिन्डीभन्दा उनकी बहिनी निकै सुन्दर थिइन् । सिन्डीले आफू जसरी भए पनि सबैलाई आकर्षित गर्न सक्ने सुन्दरी बन्ने अठोट लिइन् । उनले २००४ मा दिएको एउटा अन्तर्वार्तामा आफू बार्बी डलझँै देखिन चाहेको बताएकी थिइन् ।
२१ वर्षको उमेरमा लन्डन आएकी उनले सानातिना कार्यक्रममा गाउने काम गरिन् । जसरी भए पनि सुन्दरी बन्ने सपना बोकेकी गायिका सिन्डेले ३३ वर्षको उमेरमा एउटा यस्तो मौका पाइन् जसबाट उनले आफ्नो सपना पूरा गर्ने बाटो भेट्टाइन् । त्यतिवेला उनको बाबुको निधन भयो । त्यसपछि उनले बाबुले साँचेर राखेको केही रकम हात पारिन् । त्यो रकम उनले आफ्नो लुक्स बदल्नका लागि खर्च गरिन् । उनले पहिलोचोटि आफ्ना कोप्रा आँखाको प्लास्टिक सर्जरी गरेर आकर्षक बनाइन् । 

त्यसपछि उनले थुप्रैपटक आफ्नो नमिलेको नाकको सर्जरी गरिन् । त्यति मात्र नभएर उने ब्रेस्ट इम्प्लान्टका लागि गालाको हड्डीको पनि सर्जरी गराइन् । प्लास्टिक सर्जरी गराउँदा-गराउँदा अभ्यस्त भएकी उनले यही विषयमा किताब पनि लेखिन् । उनले स्किन केअर टि्रटमेन्ट सेन्टर पनि सुरु गरिन् । पाँच वर्षअघि उनकी आमाको पनि निधन भयो । त्यसपछि पनि उनले आमाले साँचेर राखेको रकम हात पारिन् । सो रकम पनि उनले आफूलाई सुन्दर बनाउनमा खर्च गरिरहेकी छन् ।

No comments:

Post a Comment

Comment using Facebook