जब यौनको कुरा आउँछ, मलाई समाजको दोहोरो चरित्रको सम्झना हुन्छ । साँचो अर्थमा भन्नुपर्दा हाम्रो समाज पाखण्डीहरूको समाज हो । हामी भन्छौ, यौन भनेको छाडा हो । यसको कुरा गर्नुहुँदैन । आमा आफ्नी छोरीका अघि यौनका कुरा गर्न सक्दिन, कारण हामीलाई भनिएको छ, यौन घोर अपराधिक कुरा हो । बुबा छोराका अघि यौनको कुरा गर्न सक्दैन । भनिएको छ, यो पाप हो । जसले कुरा गर्छ, त्यो अशीष्ट हो, लाज पचेको हो । तर बाहिर कुरा नगरेर के भो ? मानिसले आफैंलाई कसरी दबाउन सक्छ ? व्यक्ति आफै यौनका कुरा सोचिरहेको हुन्छ ।
म भन्छु, यौन त्यति महत्त्वपूर्ण होइन, जति कुरा गर्नुहुँदैन भनेर यसलाई महत्त्व दिइएको छ । यदि तपाईं कलेज पढ्नुहुन्छ र कुनै एउटा ढो कामा तपाईंले लेखिदिनुभयो, 'यहाँ चियाउन मनाही छ' सबै त्यहीँ चियाउन थाल्छन् । कक्षामा जतिसुकै राम्रो कुरा पढाइएको किन नहोस्, त्यो यहाँ चियाउनु हुँदैन लेखिएको कोठामा सबैको ध्यान जान्छ । यहाँ युवक र युवतीमा के फरक हुन्छ ? युवकहरू अलि बढी जोड दिएर चियाउँछन्, युवतीहरू थाहा नपाएझैं कर्के आँखा लगाउँछन् । दुवैमा उस्तै जिज्ञासा छ, आखिर ढोकामा किन लेखियो ? किन चियाउनु हुँदैन ? चियाउनु हुँदैन को अर्थ हो, त्यहाँ केही विशेष भैरहेको छ । यदि मानौं, कसैले मुन्टो फर्काई-फर्काई हेरेन भने पनि उसको मनमा पनि एक प्रकारको कौतूहल भैरहन्छ, आखिर ढोकामा चियाउन किन मनाही छ ? सबैभन्दा रमाइलो कुरा जसले आँखाले हेरेको छैन, तर मनले हेर्न खो जिरहेको छ । त्यो व्यक्ति मुखले चाहिँ के भन्छ भने कस्ता उरन्ठेउला ? ढोकामा यहाँ चियाउनु हुँदैन भनेर लेखेको देखी-देखी पनि किन चियाएका होलान् ?
म भन्छु, यौन त्यति महत्त्वपूर्ण होइन, जति कुरा गर्नुहुँदैन भनेर यसलाई महत्त्व दिइएको छ । यदि तपाईं कलेज पढ्नुहुन्छ र कुनै एउटा ढो कामा तपाईंले लेखिदिनुभयो, 'यहाँ चियाउन मनाही छ' सबै त्यहीँ चियाउन थाल्छन् । कक्षामा जतिसुकै राम्रो कुरा पढाइएको किन नहोस्, त्यो यहाँ चियाउनु हुँदैन लेखिएको कोठामा सबैको ध्यान जान्छ । यहाँ युवक र युवतीमा के फरक हुन्छ ? युवकहरू अलि बढी जोड दिएर चियाउँछन्, युवतीहरू थाहा नपाएझैं कर्के आँखा लगाउँछन् । दुवैमा उस्तै जिज्ञासा छ, आखिर ढोकामा किन लेखियो ? किन चियाउनु हुँदैन ? चियाउनु हुँदैन को अर्थ हो, त्यहाँ केही विशेष भैरहेको छ । यदि मानौं, कसैले मुन्टो फर्काई-फर्काई हेरेन भने पनि उसको मनमा पनि एक प्रकारको कौतूहल भैरहन्छ, आखिर ढोकामा चियाउन किन मनाही छ ? सबैभन्दा रमाइलो कुरा जसले आँखाले हेरेको छैन, तर मनले हेर्न खो जिरहेको छ । त्यो व्यक्ति मुखले चाहिँ के भन्छ भने कस्ता उरन्ठेउला ? ढोकामा यहाँ चियाउनु हुँदैन भनेर लेखेको देखी-देखी पनि किन चियाएका होलान् ?
मनको नियम छ, जुन कुरा जति निषेध गरिन्छ, मन उतैतिर जान्छ । यो नियम उल्टयाउन सकिँदैन । कसैले त्यसलाई जबरजस्ती रोक्ने प्रयास गर्यो भने उसले सपनामा पनि यो नियमको फन्दामा पर्नुपर्छ । प्रकृतिको नियममा रातपछि जसरी दिन अनिवार्य हुन्छ, यसमा फेरबदल सम्भव छैन, त्यसैगरी मनको नियम हो, जति दमन गर्छौं, ऊ त्यति सक्रिय हुन्छ । यो यौन यति महत्त्वपूर्ण हुनुको कारण बन्देज हो । फ्रायडले मानिसको मन यौनको वरिपरि नै घुमेर बस्छ भनेका छन् । कुरा ठीक हो, तर फ्रायडले भनाइमा थोरै थप्नुपर्छ । फ्रायड भन्छन्, मानिसको मन यौन वरपर नै घुमिरहेको हुन्छ । म थप्न चाहन्छु, किनभने यसलाई सधैं छोप्ने प्रयास गरिन्छ । मानिसको मन यौनको वरपर घुमिरहनुको कारण त्यसको विरोध गरिनु, निषेध गरिनु वा वर्जित गरिनु हो । हाम्रो धर्म, परम्परा र संस्कृतिले सधैं यसकै विरोध गरिरह्यो । साधु महात्माले भने ब्रह्मचर्यमा बस, यौनलाई निषेध गर । यौनलाई निषेध गरेर ब्रह्मचर्य प्राप्त गर्न सकिँदैन । बरु यौनलाई बुझेपछि मात्र ब्रह्मचर्यको महत्त्व बुझ्न सकिन्छ । यौनको शक्ति नबुझी ब्रह्मचर्यमा पुग्न कठिन छ, तर साधु महात्माहरूले भने, 'यौनलाई वर्जित गर ।' तिनै साधु सन्तकै कारण हाम्रो परिवारमा यौन घृणित वस्तुका रूपमा बुझियो । समाज पाखण्डी हुँदै गयो ।
आज जति पनि साहित्य लेखिएका छन्, ती सबैमा कुनै न कुनै रूपमा यौन छ । महान् साहित्यकार, महान् चित्रकार, महान् मूर्तिकारहरू यौन खुलस्त पारिरहेका छन् । किनभने समाजमा यही कुरा वर्जित गरियो । जहाँ वर्जना छ, त्यहाँ कौतूहल छ । त्यही भएर चारैतिर त्यो कौतूहलता मेटाउने प्रयास गरिँदैछ । साधु-सन्तहरू चलचित्रका पनि विरोधी छन्, तर उनीहरू के बुझ पचाउँछन् भने जतिखेर चलचित्र बन्दैनथे, त्यतिखेर पनि यौन समागम हुन्थ्यो । युवक युवतीतिर र युवती युवकतिर आकषिर्त हुन्थे । विश्वास छैन भने कालिदासका कृति पढ । कुनै कलात्मक चलचित्र त्यति अश्लील हुँदैन, जति कालिदासका कृति अश्लील छन् ।
विश्वप्रसिद्ध कवि अनातोले फ्रान्स अन्तिम सास गनिरहेका थिए । उनको गम्भीर बिरामीको प्रचार तीव्र रूपमा फैलिएपछि उनलाई हेर्न धेरै मानिस जम्मा भए । उनका सबैभन्दा निकट साथीहरू नजिक थिए, शुभचिन्तकहरू केही पर थिए । अनातोले बिस्तारै बोल्न र थोरै शब्दमात्र बुझ्न सक्ने अवस्थामा थिए । यस्तो अन्तिम अवस्थामा उनीसँग केही जान्नु महत्त्वपूर्ण हुन्थ्यो । यही सम्झेर एकजना निकट साथीले सोधे, ' जीवनमा सबैभन्दा महत्वपूर्ण के छ ?' अनातोलेले भने, 'अलि नजिक आऊ, तिमीलाई कानमा भन्छु ।' साथी छक्क पर्यो । अनातोले त्यस्ता साहित्यकार हुन्, जो आफूलाई मन परेको कुरा छतमा गएर कराई-कराई अरूलाई सुनाउँथे । अन्तिम क्षणमा जब उनलाई सोधियो, जीवनमा के महत्वपूर्ण छ ? त्यसबेला उनी कानमा सुटुक्क भन्न खोज्दै थिए । साथीले अनातोलेको मुखमा आफ्नो कान लगे । अनातोले एकछिन केही बोलेनन् । साथीले अनातोलेको मुखमा हेरे । उनले भने, 'म बोलिनँ, किनभने यस्ता कुरा नबोलीकनै बुझिन्छन् ।' यही नबोलिनु र नसुनाइनुको परिणाम यौन विकृत हुँदै गयो । यसको ऊर्जा नष्ट हुँदै गयो । गलत बाटोमा बग्दै गयो ।
यौन कसरी गलत हुन सक्छ ? जसबाट जीवनको जन्म हुन्छ, जसका कारण जीवनको बीउ फुट्छ, जसका कारण जीवनमा फल प्राप्त हुन्छ । जसमा जीवनको सारा रंग र सुगन्ध छ । जसमा जीवनको सबै नृत्य छ, जसका आधारमा जीवनका पाङ्ग्रा घुम्छन् । जसलाई परमात्माले सृष्टिको आधार बनाएका छन् । यो कसरी गलत हुन सक्छ ? चाहे फूल होस्, चाहे पन्छी, बोट-विरुवा, जनावर र मानिस ... ।
जुन दिन यो संसारमा यौन स्वीकृत हुन्छ, त्यही दिनदेखि युवतीको पोस्टर बिक्री हुन छाड्छ । बजारमा भात वा रोटीको पोस्टर बिक्री भएको देख्नुभएको छ ? किन रोटीको पोस्टर बन्दैन, युवतीको बन्छ ? किनभने भातलाई भोक लाग्दा खाने भनेर स्वीकृत गरियो, युवा-युवतीलाई गरिएन । विशेष गरी युवतीलाई त यसरी लुकाएर राखियो, मानौं त्यो तुरुन्तै हराएर जान्छ । त्यही लुकाउने प्रवृत्तिले युवती हेर्नैपर्ने वस्तु बनिन् । उदाहरण खोज्न टाढा जानु पर्दैन । मुस्लिम समाजमा आज पनि युवतीको खुट्टाको बूढी औंला देख्दा तृप्त हुने पुरुष भेटिन्छन् । युरो प-अमेरिकामा कसैले भन्यो, मलाई युवतीको खुट्टाको बुढी औंला देेखेर तृप्ति महसुस भयो भन्यो भने त्यसलाई पागलको संज्ञा दिइन्छ । बुकार् ले ढाकिएका कारण मुस्लिम युवतीहरूको बूढी औंला देखिनु नै ठूलो कुरा हुन्छ, तर सबैलाई थाहा छ, के छ युवतीको बूढी औंलामा ? औंलाले कामुकता बढाएको होइन, सोचाइले बढाएको हो । कागजको पोस्टरमा केही छैन, जे छ सोच्ने शैलीमा छ । जुन दिन भोजन बन्द गर्ने प्रयास गरिन्छ वा भोजनलाई लुकाउनुपर्ने अवस्था सिर्जना गरिन्छ, याद गर्नुहोला, त्यसै दिनदेखि बजारमा भात र रोटीको पोस्टर मारामार बिक्री हुन थाल्नेछ ।
म युवकलाई भन्न चाहन्छु, तिमी संसार बनाउने शक्ति हौ । यो शक्ति यौनमा खर्च नगर । यौन भोक लागेका बेला खाना खानुजस्तै सामान्य कुरा हो । जसरी मानिस जतिखेर पनि खानाको कुरा गरिरहँदैन, केवल खाना खाने बेलामा मात्र मीठो-नमीठोको चर्चा हुन्छ, ठीक त्यसैगरी यो पनि बेला-बेलामा आवश्यक पर्ने वस्तु हो । यो पाटोलाई जति लुकाउन खोज्यो, यसबाट जति टाढा भाग्न खोज्यो, मानिस त्यति नै कामुक बन्दै जान्छ । यो एउटा झिल्को हो, उज्यालो महसुस गर, बुझ अनि सकियो । यदि अलि पर जान चाहन्छौ, यसको शक्तिलाई बुझेर ब्रह्मचयर् मा रूपान्तरित गर । सक्दैनौ भने कम्तीमा यसलाई विकृत नबनाऊ । कोकोहोलो नमच्चाऊ ।
मेरा एक जना चिकित्सक साथी थिए । बेलायतबाट निम्तो आएपछि उनी चिकित्सक सम्मेलनमा भाग लिन पुगे । हाइट पार्कमा उनीहरूको सम्मेलन थियो । सम्मेलनमा करिब ५ सय चिकित्सक थिए । भारतबाट उनीजस्ता दुई-चार चिकित्सक गएका थिए । जहाँ सम्मेलन भैरहेको थियो, हाइड पार्क, त्यहाँ युवा जोडीहरू खुलेर प्रेम गर्थे । भारतबाट गएका मेरा चिकित्सक साथीलाई सम्मेलन नजिकैको बेन्चमा प्रेमालाप गरिरहेका जोडीले जतिखेर पनि डिस्टर्ब गरिरहन्थ्यो । त्यो जोडी आलिङ्गनमा मस्त, आँखा बन्द गरेर घन्टौं रमाइरहन्थे । मेरा चिकित्सक साथीलाई त्यही दृश्य साह्रै अभद्र र डिस्टर्बिङ लाग्थ्यो । उनलाई खान मन लाग्न छाड्यो । उनी सम्मेलनमा प्रस्तुत महत्वपूर्ण कार्यपत्र सुन्ने र कमेन्ट गर्नुपर्ने कुरा पनि बिर्सन्थे । उनलाई लाग्थ्यो, यी जोडीले मलाई साह्रै दुःख दिए । यहाँका प्रहरीहरू कति अनुशासनहीन ? यत्रो सम्मेलन ठीक अघिल्तिर जात्रा देखाउनेलाई किन पक्रेर लग्दैनन् ? अस्टे्रलियन चिकित्सकले मेरा मित्रलाई कोट्याएर भने, 'किन बारम्बार त्यही जोडीतिर हेर्छौ ? बारम्बार उनीहरूलाई हेर्दा तिमीलाई प्रहरीले पक्रेर लग्ला । यहाँ ५ सय चिकित्सक छन्, अरूलाई मतलब छैन, तिमीले नै किन उनीहरूलाई हेरिरहनुपर्ने ? तिम्रा कारणले हामीलाई अप्ठयारोमा नपार ।' मेरा चिकित्सक साथीले अस्ट्रेलियनलाई आफ्ना समस्या बेलिविस्तार लगाए । अस्ट्रेलियन चिकित्सकले छक्क पर्दै भन्यो, 'उनीहरू आँखा बन्द गरेर प्रेमालाप गरिरहेका छन्, त्यसमा तिमीलाई कसरी डिस्टर्ब भयो ? तिम्रो घाँटी समाउन त आएका छैनन् ।'
यो देशका धेरैभन्दा धेरै व्यक्ति एक-अर्काको घरको ढोकामा रहेको प्वालबाट चियाएर हेर्न चाहन्छन्, हेरिरहेका छन् । के भैरहेको छ ? कसले के गर्दैछ ? को कहाँ जाँदैछ ? कसले कसलाई अँगालो हालिरहेको छ ? को कसको हात समातेर हिँडिरहेको छ ? ऊ हेरिरहेको मात्र छैन, त्यस्ता मानिसलाई गाली पनि गरिरहेको भेटिन्छ । अरूको चासो राख्दै हिँड्दा ऊ आफै डिस्टर्ब भैरहेको छ । कस्ता संस्कारहीन मानिस भन्दै अरूलाई गाली गर्दा उ तनावमा परिरहेको छ । आफ्नो स्वास्थ्य बिगारिरहेको छ । कारण के भने उसले जुन कुरा दबाएर राखेको छ, त्यही कुरा उसले चारैतिर देख्छ । नत्र समाजमा अरू धेरै कुरा भैरहेका हुन्छन्, मानिसको आँखामा त्यही मात्र आउनुपर्ने कारण त केही छैन ?
म युवकहरूलाई के भन्छु भने तिमीहरूका आमा-बुबा, तिमीहरूका पुर्खा, तिमीहरूका सयौं पुस्ता यौनदेखि डराए । उनीहरूलाई स्वच्छन्द हुन दिइएन । त्यसकारण तिमी पनि त्यही संस्कारका सिकार भएका छौ । अब भयभीत नहुनू । खुलेर कुरा गर्नू । यौनका विषयमा लेखिएका अनुसन्धानात्मक कृति पढ्नू । के हो यौनको मेकानिज्म ? के हो उसको आकांक्षा ? यौनको शक्ति केवल रमाइलो मात्र हो कि त्यो भन्दा पर हो ? यौनलाई जति बुझ्दै जान्छौ तिमी उति मुक्त हुँदै जान्छौ । तिमी जति यौनको सत्यतालाई बुझ्छौ, त्यति नै यौनको काल्पनिकताबाट छुट्कारा पाउँछौ । तथ्य बुझेको मानिस कथाबाट मुक्त हुन्छ । जसले कथामा चाख लिन्छ, ऊ तथ्यमा कहिल्यै पुग्न सक्दैन ।
मानिसहरू भन्छन्, म यौनको चर्चा गर्छु । यौनलाई बढावा दिन्छु । यो सत्य होइन । यौनको चर्चा गर्नु भनेको यसलाई बढावा दिनु होइन । यसको सत्य प्रकाशित गर्नु हो । म भन्छु, यो पृथ्वीबाट मुक्त हुनु छ जसले गर्दा आकाश देखियोस् । शरीरबाट मुक्त हुनु छ, जसले गर्दा आत्मा देखियोस् । यौनबाट मुक्त हुनु छ जसले गर्दा समाधिसम्म पुग्न सकियोस् । यदि हामी यौनलाई सत्तोसराप गरेर वा यौन नै सबैथोक हो भनेर त्यहीँ अल्झिरह्यौं भने हामी कहिँ पुग्दैनौं । यौनले नै हामीलाई दास बनाउन थाल्नेछ ।
Source: http://www.ekantipur.com/saptahik/article/?id=3784 By OSHO
No comments:
Post a Comment