यो कुरा आश्चर्यजनक लाग्न सक्छ तर वास्तविकता के हो भने कैयन् महिलालाई वैवाहिक जीवनको लामो समयपछि पनि चरम यौन सुखका बारेमा समुचित र सही जानकारी हुँदैन । अधिकांश पुरुष पनि महिला सन्तुष्टि र अनुभवका बारेमा जान्ने-बुझ्ने प्रयास गर्दैनन् । दुविधा तथा लाजका कारण अधिकांश महिला यो अनुभवबाट वञ्चित रहेको पाइन्छ । उनीहरू पढ्छन्, सोंच्छन् तर के हुन्छ, कसरी हुन्छ भन्ने बुझ्दैनन् किनभने यसलाई अभिव्यक्त गरेर बुझाउन सकिँदैन, अनुभव र अनुभूतिबाट मात्र महसुस गर्न सकिन्छ ।
योनीको एक तिहाइ भाग मात्र संवे दनशील हुन्छ । यसैगरी लिंगको आकारका सम्बन्धमा पनि कैयन् भ्रान्ति छन् । संवेदनशीलता योनीको एक तिहाइ भागमा नै हुने भएकाले सेक्स पोजिसनमा सामान्यभन्दा छोटो आकारको लिंगले पनि चरम सुख प्रदान गर्न सक्छ ।
रहस्यमय अनुभूति
अधिकांश नवयुवक विवाहपश्चात् शारीरिक सुख प्राप्तिको मानसिकता राख्छन् । श्रीमतीलाई सुखको आभास प्रारम्भ हुनुपूर्व नै सबै कुरा सकिएको हुन्छ । चरम सुखको अनुभूति जीवनको आन्तरिक र रहस्यमय पक्ष भएकाले यस विषयमा उनले अरूसँग सोध्न पनि सक्दैनन् । सोध्ने स्थिति भए पनि उत्तर आइहाल्छ भन्ने अवस्था पनि कमै रहन्छ ।
योनीको एक तिहाइ भाग मात्र संवे दनशील हुन्छ । यसैगरी लिंगको आकारका सम्बन्धमा पनि कैयन् भ्रान्ति छन् । संवेदनशीलता योनीको एक तिहाइ भागमा नै हुने भएकाले सेक्स पोजिसनमा सामान्यभन्दा छोटो आकारको लिंगले पनि चरम सुख प्रदान गर्न सक्छ ।
रहस्यमय अनुभूति
अधिकांश नवयुवक विवाहपश्चात् शारीरिक सुख प्राप्तिको मानसिकता राख्छन् । श्रीमतीलाई सुखको आभास प्रारम्भ हुनुपूर्व नै सबै कुरा सकिएको हुन्छ । चरम सुखको अनुभूति जीवनको आन्तरिक र रहस्यमय पक्ष भएकाले यस विषयमा उनले अरूसँग सोध्न पनि सक्दैनन् । सोध्ने स्थिति भए पनि उत्तर आइहाल्छ भन्ने अवस्था पनि कमै रहन्छ ।
पुरुषले के कुरा बुझ्नुपर्छ भने आन्तरिक सम्बन्धमा महिलाको अनुभव पुरुषको जस्तै प्रारम्भ भएर तुरुन्तै सकिँदैन । तिनमा बिस्तारै प्रारम्भ हुने र लामो समयसम्म प्रेमको आदान-प्रदान भैरहोस् भन्ने चाहना हुन्छ । जति स्वतन्त्रतापूर्वक पुरुषले आफ्नो शरीरका माध्यमबाट प्रेम प्रदर्शन गर्छ त्यति नै उसलाई प्राप्त होस् भन्ने चाहना उनमा रहन्छ तर उनले त्यो अवसर प्राप्त गर्दैनन् । यही कारणले गर्दा अधिकांश महिलाको जीवनमा चरम सुखको अनुभव जहिले पनि रहस्यमय रहन्छ । अधिकांश पति-पत्नी यस विषयमा कुराकानी पनि गर्दैनन् ।
कैयन् व्यक्तिमा चरम सुखका सम्बन्धमा अनेकन भ्रान्ति पाइन्छ । चलचित्रको पात्र वा पोर्नो चलचित्रका दृश्य वा सस्ता खालका किताब, पत्रपत्रिकामा विकृत रूपमा प्रस्तुत गरिएको जानकारी यसको कारण हुन्छ । विवाहित संगिनीद्वारा प्रभाव जमाउन बढाई-चढाई गरी व्यक्त गरिएका अनुभवका कारण पनि मनमा डर जन्मन्छ— के उनी आफू पनि संयम गुमाउँछिन् ? के उनी पनि आउट अफ कन्ट्रोल हुन पुग्छिन् ? के उनीबाट आवाज निस्कन्छ ? के उनलाई पनि अद्भूत आनन्द महसुस हुन्छ ? यी भयका कारण कैयन् महिला आफ्ना उत्तेजनात्मक अनुभव रोकेर राख्न बाध्य हुन्छन् ।
पतिका सामु आफ्नो इमेज खराब नहोस् भन्ने डर महिलामा हुन्छ तर वास्तविकता के हो भने यदि श्रीमती आफ्नो मनबाट डर निकाल्न सक्षम भए श्रीमान्बाट पनि सहयोग प्राप्त हुन्छ र जुन चरम सुख मात्र १५ देखि २० प्रतिशतको उचाइमा अनुभव भएको थियो त्यो शतप्रतिशत हुन पुग्छ । कैयन् अवस्थामा महिला स्वयं आफूलाई के कुराले उत्तेजित गर्छ भन्ने कुरा बुझ्न सक्दैनन् । अतः आफ्नो उत्तेजनाको विन्दु थाहा पाउनुपर्छ र त्यसलाई श्रीमान्समक्ष व्यक्त गर्नुपर्छ । यसबाट फोरप्लेमा सहजता एवं सुविधा प्राप्त हुन्छ ।
सही जानकारी आवश्यक

यदि पुरुष थोरै समझदारी, संयम र अलि बढी प्रयास गर्न तत्पर रहे जीवनसंगिनी उनलाई प्रेम सम्बन्धको त्यो उचाइसम्म पुर्याउने क्षमता राख्छिन् जुन आम पुरुषले कल्पनासमेत गर्न सक्दैनन् । यद्यपि पुरुष आफ्नो अधीनता र स्वार्थबाट बाहिर निस्कनुपर्छ । आजको शिक्षित एवं समझदार पुस्ताले राम्रैसँग बुझ्नुपर्छ कि जति अधिकार, सुखको चाहना एवं आवश्यकता श्रीमानई हुन्छ, त्यति श्रीमतीलाई पनि हुन्छ । हरेकले आफ्नोभन्दा दोस्रो पक्षको सन्तुष्टि र आनन्दलाई प्राथमिकता दिए, खुलेर कुराकानी गरे, दोस्रो पक्षको संकोच कम हुन्छ र दुवैले सुखद् रूपमा यौन जीवनलाई इन्जोय गर्न सक्छन् । महिलाले यौनसँग जोडिएका आफ्ना चाहनालाई श्रीमानसँग अभिव्यक्त गर्नुपर्छ । यदि कुनै समस्या छ जसको समाधान स्वयंबाट भएको छैन, हुँदैन भने विशेषज्ञको राय लिन पछिपर्नु, लजाउनु वा हिचकिचाउनु हुँदैन ।
Source: http://khabarpost.com/entertaintment/other-entertaintment/620-2010-07-20-12-44-34.html
No comments:
Post a Comment