यौन उत्तेजनालाई निरन्तरता दिएपछि व्यक्ति चरमसुखको स्थितिमा पुग्छ र त्यसकै हाराहारीमा लिंगबाट एक किसिमको सेतो पदार्थ निस्कन्छ, जसलाई हामी वीर्य भन्छौं । सायद तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनि दुईतिर वीर्य थैली हुन्छन्, यसको रस नै वीर्यको मुख्य अंश -४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा -१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा इपिडिडाइमिस -अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा
त्यसभन्दा पनि कम । सामान्यतः यही वीर्यमै अण्डकोषमा बनेको शुक्रकीट मिसिएको हुन्छ, तर यसलाई हामी वीर्य स्खलन भन्छौं न कि शुक्रकीट आएको । बुझ्नुपर्ने कुरा के हो भने शुक्रकीट त अति नै साना हुन्छन् । प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्रको मद्दतले यसको परिक्षण गरिन्छ । एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिलिलिटर -५ मिलिलिटर भन्नाले १ चियाचम्चाजति) वीर्य निस्कन्छ । वीर्यमा हुने शुक्रकीटको संख्या सधैू एकनासको नहुन सक्छ । शुक्रकीटको संख्या ४ देखि १२ करोड प्रतिमिलिलिटरसम्म हुनुलाई सामान्य मानिन्छ । हामीले देख्ने वीर्यमा यसको सानो अंश मात्र शुक्रकीटको मात्राले ओगटेको हुन्छ । के लिंगबाट आउने सबै सेतो पदार्थ बीर्य हो ?
हाम्रो जनजिब्रोमा लिंगबाट आउने सेतो पदार्थलाई वीर्य वा धातु भन्ने चलन छ । प्रजनन अङ्गको संक्रमण हुँदा लिंगबाट सेतो पदार्थ निस्कन्छ । चाँडो चाँडो पिसाब लाग्ने, पिसाब गर्दा वा वीर्यस्खलनपछि पोल्ने, लिंगको टुप्पा पोल्ने, लिंग उत्तेजनमा केही कठिनाइ, लिंग, अण्डकोष दुख्ने अनि तल्लो पेट, तल्लो ढाड अनि दिसा गर्ने स्थान, अण्डकोषको पछिल्तिरको भागमा असजिलो हुनेजस्ता लक्षण देखिन्छन् ।
No comments:
Post a Comment