Wednesday, April 27, 2011

बढी हस्तमैथुन गर्नु हानिकारक

हस्तमैथुनले मानिसलाई फाइदा गर्ने भएपनि बढी मात्रामा हस्तमैथुन गर्नु शरीरका लागि हानि पुर्‍याउनु हो । डा. रूपाखेतीले हस्तमैथुन एक स्वाभाविक यौन अभिव्यक्ति भएकाले यसलाई निश्चित सीमासम्म सुरक्षित तवरले गर्दा कुनै हानि नगर्ने बताए । उनका अनुसार, सातामा दुईदेखि तीनपटकसम्म हस्तमैथुन गर्नु राम्रो हुन्छ । तर त्योभन्दा बढी गर्दा नकारात्मक असर पर्न सक्छ । महिलाले हस्तमैथुन गर्दा योनिमा केही पसाएर आनन्द लिने गरेकाले योनिमा कुनै वस्तु पसाउनुअघि ध्यान दिनुपर्छ । महिलाले योनिमा औंला पसाउनेदेखि बाहेक लिंग आकारको वस्तु पसाउने गर्छन् । अहिले यौन प्रसाधनका रूपमा लिंगको स्वरूपजस्तो वस्तु बजारमा पाइने भएकाले त्यही वस्तुको प्रयोगबाट बढी यौनआनन्द लिने गर्दा भोलि आफ्नो यौनसाथीसित सम्पर्क गर्दा आनन्द नपाइन सक्छ । त्यसकारण महिलाले लत लाग्नेगरी तथा आवश्यकभन्दा बढी हस्तमैथुन गर्नु हानिकारक मानिन्छ । यसका साथै योनिमा प्रवेश गराइने वस्तु सफा-सुग्घर हुन आवश्यक छ । यदि ती वस्तु सफा छैनन् भने यौनांगमा विभिन्न संक्रमण देखा पर्न सक्छ । त्यसकारण योनिमा कुनै कुरा पसाएर हस्तमैथुन गर्दा केही ध्यान दिनु आवश्यक रहेको डा. रूपाखेतीले बताए । उनका अनुसार, बजारमा पाइने त्यस्ता साधनका कारण महिलालाई लत लाग्न सक्छ र वैवाहिक जीवनमा चरम यौनसन्तुष्टि प्राप्तिका लागि पुनः हस्तमैथुनकै सहरा लिनुपर्ने हुन सक्छ ।
योनिको आकारमा परिवर्तन हुँदैन:
महिलामा योनिमा कुनै वस्तु छिराएपछि योनिको आकार ठूलो हुन्छ भन्ने भ्रम छ । तर योनिमा त्यस्ता वस्तु प्रवेश गराउँदा योनिको आकारमा परिवर्तन आउँदैन । तर योनिमा वस्तु तथा औंला छिराउँदा योनिको हार्मोन, झिल्ली भने च्यातिने गर्छ । हार्मोन, झिल्ली च्यातिनु भनेको हाम्रो समाजमा कुमारीत्व गुमाउनु भन्ने बुझिन्छ । डा. रूपाखेतीका अनुसार, अहिलेको समयमा महिला खेलकुद, व्यायाम तथा अन्य शारीरिक अभ्यासमा रहने भएकाले महिलाको त्यो झिल्ली च्यातिने सम्भावना पहिले नै रहेको हुन्छ ।
चिकित्सकका अनुसार, योनिको सालाखाला लम्बाइ यस्तै ३ इन्चको हुन्छ । यौन उत्तेजनाको वेलामा यसको लम्बाइ बढेर ४ इन्चसम्म पनि पुग्न सक्छ र योनिद्वार पनि केही खुल्न जान्छ । सामान्य अवस्थाको कुरा गर्दा यसको भित्ता एक-अर्कासँग टाँसिएका हुन्छन् । योनि मांशपेसीले बनेको नली आकारको एक विशेष अंग हो र यस अंगमा निकै नै तन्कन र खुम्चन सक्ने गुण हुन्छ । तन्कन र खुम्चन सक्ने गुण भएकै कारण विभिन नापको लिंग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा कुनै कुरा औंला होस् वा लिंग वा अरू कुनै वस्तु प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो वस्तुमा टाँसिएको अवस्थामै हुन्छ । वस्तुअनुसार नै यसको गोलाइमा परिवर्तन हुन्छ ।
डा. रूपाखेती भन्छन्, ‘हस्तमैथुनले कतै योनि खुकुलो हुन्छ कि भन्ने चासो पनि कतिपय युवतीमा भएको पाइन्छ, तर योनि एक विशेष किसिमले बनेको मांशपेसीको नली आकारको अंग हो । सामान्य अवस्थामा यसका भित्ता एक-अर्कासँग टाँसिएका हुन्छन् र कुनै वस्तु योनिमा पसेपछि त्यसैअनुरूप त्यसलाई ठाउँ दिन्छ । हस्तमैथुन गर्दा मात्र होइन, लिंगको प्रवेश नै हुँदा पनि योनिमा खास संरचनागत परिवर्तन आउँदैन ।’ उनका अनुसार, योनिमार्गबाट बच्चा जन्मिसकेपछि भने केही परिवर्तन देखिन्छ, जुन कुरा लिंगले थाहा पाउँछ भन्ने पनि छैन । तर, उनले धेरै मात्रामा योनिमा बजारमा पाइने कृत्रिम यौनांगको प्रायोगले योनिमा भने केही परिवर्तन देखाउने बताए ।

No comments:

Post a Comment

Comment using Facebook