Tuesday, April 26, 2011

हस्तमैथुनको फाइदा

हाम्रो समाजमा हस्तमैथुनलाई नकारात्मक रूपमा हेर्ने गरिन्छ । तर, हस्तमैथुनले मानिसलाई फाइदै गर्छ । हालसम्म हस्तमैथुनको नकारात्मक असर देखिएको छैन । सर्वप्रथम त हस्तमैथुनले यौनेच्छाको दमनबाट हुने तनाबबाट मानिसलाई मुक्ति दिलाउँछ । हरेक मानिसमा यौन चाहना हुने गर्छ । पुरुषले हस्तमैथुनका विषयमा खुलेर कुरा गर्छन्, तर महिलाले भने यसलाई लुकाउने गरेका छन् । डा. रूपाखेतीका अनुसार, यौनचाहना स्वाभाविक कुरा हो र यसलाई शान्त पार्न यौनसम्पर्क नै गर्नुपर्छ भन्ने धेरैको धारण छ । तर, यौनसम्पर्क गर्न नपाइएको स्थितिमा हस्तमैथुन एक राम्रो विकल्प हो ।

खुलारूपमा भने पनि, नभने पनि धेरैजसोले हस्तमैथुन गर्ने गर्छन् र यो स्वाभाविक कुरा पनि हो । हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, विवाहपछि आफ्नो यौनसाथीलाई सन्तुष्टि दिन नसक्ने लगायतका अनेकौँ भ्रम मानिसमा रहने गरेको छ । तर, हस्तमैथुनले यस्ता स्वास्थ्यसम्बन्धी कुनै हानि गर्दैन । हस्तमैथुन आफैँले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराउन सक्छ । मानिसले हस्तमैथुन गरिसकेपछि आफ्नो मनमा विभिन्न डर तथा भय राखेर समस्या उत्पन्न गर्ने गरेका छन् । डा रूपाखेती भन्छन्, ‘हस्तमैथुनले शरीरमा कुनै हानि गर्दैन, त्यसकारण हस्तमैथुनबाट हानि हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।’ हस्तमैथुनले मानिसमा रहेको यौनचाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले यसले यौनअपराधलाई कम गर्न सहयोग पुग्छ भन्ने पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआइभी र एड्स वा अन्य यौनरोग लाग्नबाट पनि बचावट हुने भयो । यसका अलावा हस्तमैथुनले मानिसलाई आफ्ना यौनअंगलाई राम्ररी नियालेर हेर्ने, अंग-प्रत्यंगलाई जान्ने अवसर दिनुका साथै आफैँलाई आनन्द दिने कार्यमा सहयोग पुर्‍याउने गर्छ ।

No comments:

Post a Comment

Comment using Facebook