Wednesday, April 27, 2011

पुरुषले मात्रै होइन महिलाले पनि गर्छन् हस्तमैथुन

काठमाडौं बालाजुकी २६ वर्षिया सोफिया शर्माको -नाम परिवर्तन) श्रीमान डेढ वर्षअगाडि कामका लागि विदेश गएका छन् । श्रीमान विदेश गएपछि सोफियाले आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुन गर्दै आएकी छिन् । श्रीमान बिदेसिएको ६ महिनासम्म यौनचाहना तीव्र भएपनि हस्तमैथुन नगरेकी सोफियाले त्यसपछि भन्ने आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुनको सहरा लिइन् । सोफियाले हस्तमैथुनका विषयमा पठाएको जिज्ञासाअनुसार उनले साताको तीनपटकसम्म हस्तमैथुन गर्दै आएकी छिन् । सोफियाको पत्रमा हस्तमैथुन गर्दा के असर गर्छ ? वैवाहिक जीवनमा कुनै असर गर्छ कि ? हस्तमैथुनले सन्तानप्राप्तिमा कुनै असर गर्छ ? हस्तमैथुन कसरी गर्नुपर्ला ? लगायतका जिज्ञासा राखिएको छ ।




त्यस्तै, काठमाण्डौ कोटेश्वरकी १९ वर्षिया प्रीति उपाध्यायले केही महिनाअगाडि न्युरोडको कन्डम हाउसबाट कृत्रिम पुरुष लिंग किनेर आफ्नो यौन चाहना पूरा गर्ने गरेको जनाएकी छिन् । प्रीतिले पठाएको जिज्ञासामा ‘यौनचाहना तीव्र हुँदा कुनै पुरुषसँग यौनसम्पर्क राखौँ कि जस्तो लाग्छ । तर मैले त्यसो नगरी पुरुषलिंग आकारको वस्तु किनेर आफ्नो यौन चाहना पूरा गरिरहेकी छु ।
म हरेक दिन उक्त साधनबाट र कहिलेकाहीँ आफ्नै औँला योनिमा पसाएर यौनसन्तुष्टि लिइरहेको छु । तर मलाई अहिले डर लागिरहेको छ । यस्तो गर्दा केही हानि गर्छ कि ? विवाहपछिको यौनसम्पर्कमा फरक पार्ला ? मेरो योनिको प्वाल पनि केही ठूलो भएको छ । के हस्तमैथुन गर्दा योनिको प्वाल ठूलो हुन्छ ?
सोफिया र प्रीति मात्र होइन, उनीहरूजस्ता अधिकांश महिलामा यस्तो समस्या रहने गरेको र हस्तमैथुनबारे दैनिक महिलाले जिज्ञासा राख्ने गरेको पुतलीसडकमा रहेको माता मनकामना आरोग्य योगकेन्द्रका जनरल फिजिसियन डा. समन रूपाखेतीले बताए । उनका अनुसार, पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्छन् । पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्ने गरेका चिकित्सकले बताए पनि हालसम्म यस विषयमा कुनै अध्ययन भने हुन सकेको छैन ।
बेलायतमा हालै गरिएको एक अध्ययनले पुरुषको तुलनामा महिलाले बढी हस्तमैथुन गर्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ । युकेको इन्डिपेन्डेन्ट कम्पनी फर लिंगेरीले गरेको अध्ययनअनुसार, युकेका ९२ प्रतिशत महिलाले हस्तमैथुन गर्ने गरेका छन् भने पुरुषले भने ८९ प्रतिशतले मात्र हस्तमैथुन गर्ने गरेको देखाएको छ । अध्ययनमा सहभागी महिलामध्ये ६६ प्रतिशतले आफैले हस्तमैथुन गर्ने गरेको बताएका छन् भने बाँकी २६ प्रतिशतले हात तथा अन्य साधन प्रयोग गर्ने गरेको तथा ८ प्रतिशतले भने हस्तमैथुन गर्ने नगरेको बताएका छन् ।
युकेमा जस्तो नेपालमा कति महिलाले हस्तमैथुन गर्छन् भन्ने जिज्ञासामा डा. रूपाखेती भन्छन्, ‘नेपालमा कति महिलाले हस्तमैथुन गर्छन् भन्ने यकिन तथ्यांक सार्वजनिक भएको छैन । तर हाम्रो विभिन्न अध्ययन, अनुसन्धान अनुसार ३५ देखि ४० प्रतिशत नेपाली महिलाले हस्तमैथुन गर्छन् ।’ उनका अनुसार, नेपालमा पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्छन् । उनले केन्द्रमा हाल दैनिकजसो महिलाले हस्तमैथुनबारे जिज्ञासा राख्ने गरेको र तीमध्ये अधिकांश महिलाका श्रीमान् कामका लागि बिदेसिएका र बढी व्यस्त हुने श्रीमान्का श्रीमती रहेका बताए । टिनएज तथा विवाह नभएका थोरै महिलाले मात्र हस्तमैथुनका विषयमा जिज्ञासा राख्ने गरेका छन् ।
महिलाले कसरी हस्तमैथुन गर्छन् ?
हाम्रो समाजमा महिलाले हस्तमैथुन गर्दैनन् भन्ने धेरैलाई लाग्ने गरेको छ । तर, पुरुषको जस्तै महिलाले पनि विभिन्न उपाय अपनाएर हस्तमैथुन गर्ने गरेका छन् । डा. रूपाखेतीका अनुसार, महिलाको हस्तमैथुनबारे पहिलेको तुलनामा केही बढी चर्चा हुने गरेको छ र उनीहरूले हस्तमैथुन गर्ने कुराको स्वीकारोक्ति मात्र व्यक्त गरेका छैनन्, बरु यसबारे खोजीनीति गर्न थालेका छन् । उनी भन्छन्, ‘महिलाले विभिन्न किसिमले हस्तमैथुन गर्न सक्छन् । महिलाले आफूलाई कसो गर्दा सन्तुष्टि मिल्छ, त्यहीअनुसार हस्तमैथुन गर्छन् । तर, सबै महिलाले आफ्नो भगांकुर चलाउने योनिमा केही पसाउनुदेखि यौन संवेदनशील अंगलाई सुमसुमाएर वा मर्दन गरेर चरमसुख प्राप्त गर्ने गरेका छन् ।’
महिलाले विभिन्न यौनांगलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने गरेको पाइएको छ । महिलाले योनिमा औंला पसाउनेदेखि आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउने पनि गर्छन् । महिलाले योनिलाई वा अन्य यौनांगलाई यसरी नै चलाउनुपर्छ वा घर्षण गर्छन् भन्ने स्पष्ट वा कुनै ठीक तरिका भने छैन । उनीहरूले आफूलाई मन पर्ने कुनै पनि तरिकाले आफ्ना यौनांलाई चलाएर हस्तमैथुन गर्ने गरेका छन् । डा. रूपाखेतीका अनुसार, चलाउने वा घर्षण गर्नेदेखि बाहेक दबाब दिने, विस्तारै हल्लाउने, जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपायबाट पनि महिलाले यौनआनन्द लिने गरेका छन् । यीबाहेक महिलाले आफ्नो योनि, स्तन, नाइटो, ओठ, घाँटीको छाला, तिघ्रालगायतका शरीरका अन्य अंगको स्पर्श, मर्दन वा सुमसुम्याएर पनि यौनआनन्द लिने गरेका छन् । तर, अचेल बजारमा आएका विभिन्न कृत्रिम यौनसाधन तथा वस्तुको प्रयोग गरेर पनि महिलाले हस्तमैथुन गर्ने गरेको पाइएको छ भने कतिपय महिलाले पानीको फोहोराको प्रयोग गरेर पनि यौन चाहना पूरा गर्ने गरेका छन् ।

No comments:

Post a Comment

Comment using Facebook