Sunday, August 21, 2011

बढ्दैछ यौनहिंसा


मोबाइल फोनमा खुलमखुल्ला अश्लील भिडियोको बिगबिगीसँगै पछिल्ला दिनहरूमा बालबालिकामाथि हुने यौनजन्य दुव्र्यवहार एवं हिंसामा पनि वृद्धि हुँदै गएको छ। मकवानपुरका राजमार्गछेउका विभिन्न विद्यालय पढ्ने उमेरका किशोरहरूले खुलमखुल्ला रूपमा अश्लील भिडियो राखिएका मोबाइल सेट बोकेर हिँडेको पाइन्छ। अश्लील भिडियो हेरेपछि बढ्ने यौन उत्तजेनाका कारण आफ्नै सहपाठीलाई समेत किशोरहरूले दुव्र्यवहार गर्ने, यौनप्रति आकषिर्त गर्ने घटनाहरू पटक-पटक सार्वजनिक भैरहेका छन्। 
कतिपय अवस्थामा त विद्यालय पढ्ने उमेरका किशोरीहरूसमेत अश्लील भिडियो राखिएका मोबाइल फोन बोकेर हिँड्ने, सहपाठी किशोरहरूसँग पनि त्यस्ता भिडियो साटासाट गर्ने गरेको किशोरहरू बताउँछन्। अघिल्लो आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अश्लील चलचित्र हेरेकै कारण यौन दुव्र्यवहारका घटनामा वृद्धि भएको तथ्य सार्वजनिक गरेको थियो। धेरैजसो यौन दुव्र्यवहारका घटनामा अश्लील चलचित्र जोडिएर आउने प्रहरी निरीक्षक इन्द्र सुवेदीले बताए। 
मानवअधिकारवादी संस्था हिमराइट्सले पनि अघिल्ला तथ्याङ्कहरूलाई जित्ने गरी यौनहिंसा बढेको जनाएको छ। हिमराइट्सले भित्री मधेस तथा तराईका केही जिल्लामा संकलन गरेको तथ्याङ्कअनुसार यौनजन्य हिंसामा वृद्धि भएको मानवअधिकार रक्षक प्रेम दाहालले बताए। सन् २०११ को ६ महिनामा २५ जना बालबालिका यौन हिंसाको सिकार भएको हिमराइट्सले जनाएको छ। सबैभन्दा बढी जनवरी महिनामा ९ वटा यौनहिंसाका उजुरी हिमराइट्समा दर्ता भएका थिए। ६ महिनामा २८ जना महिला यौन दुव्र्यवहारको सिकार भएका छन्। सन् २०१० मा ५१ वटा यौन दुव्र्यवहारका घटना दर्ता भएका थिए। 'खासगरी राजमार्ग आसपासका क्षेत्रमा यौनहिंसाका घटना बढेका छन्,' मानवअधिकार रक्षक दाहालको भनाइ थियो, 'अश्लील चलचित्रले पनि यस्ता घटनाको वृद्धिमा सघाउ पुर्‍याएका छन्।

No comments:

Post a Comment

Comment using Facebook