Saturday, April 30, 2011

महिलालाई रक्सी चाँडो लाग्छ किन ?


image



रक्सी पिउने महिला सचेत हुनुस् । तपाइर्ंले पुरुषले जत्तिकै रक्सी पिउने गर्नुभएको छ भने पुरुषलाई भन्दा तपाइर्ंलाई बढी असर गर्ने चिकित्सकहरूले बताएका छन् । महिलाको शरीरमा पुरुषको भन्दा कम पानी हुन्छ । त्यसले अल्कोहल पिउँदा पुरुषमा भन्दा महिलाको रगतमा अल्कोहलको मात्रा बढी हुन्छ । त्यही कारण उही मात्रामा रक्सी पिएका महिलालाई पुरुषलाई भन्दा बढी नशा लाग्छ । बेलायतका चिकित्सकहरूले महिलाको रक्सी पिउने स्वभाव बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । बेलायती सरकारले त्यहाँका महिलालाई हप्तामा १४ युनिट र पुरुषलाई २१ सम्म रक्सी पिउन सुझाब दिएको छ । त्यहाँ वयस्क युवतीहरूमा अल्कोहलका कारण मृगौला रोग बढ्दै गएको छ । पुरुषको शरीरमा ६५ प्रतिशत पानी हुन्छ । महिलाको शरीरमा ५५ । लन्डन विश्वविद्यालय मेडिकल स्कुलकी डा. मर्सा मोर्गनले उस्तै तौल भएका महिला र पुरुषलाई सोही मात्रामा अल्कोहल दिँदा पनि महिलाको रगतमा दोब्बर मात्रामा अल्कोहल मिसिने भएकाले महिलाले कम अल्कोहल पिउन सुझाब दिइन् 


No comments:

Post a Comment

Comment using Facebook