Wednesday, April 27, 2011

वीर्य के हो ?


यौन उत्तेजनालाई निरन्तरता दिएपछि व्यक्ति चरमसुखको स्थितिमा पुग्छ र त्यसकै हाराहारीमा लिंगबाट एक किसिमको सेतो पदार्थ निस्कन्छ, जसलाई हामी वीर्य भन्छौं । सायद तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनि दुईतिर वीर्य थैली हुन्छन्, यसको रस नै वीर्यको मुख्य अंश -४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा -१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा इपिडिडाइमिस -अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम । सामान्यतः यही वीर्यमै अण्डकोषमा बनेको शुक्रकीट मिसिएको हुन्छ, तर यसलाई हामी वीर्य स्खलन भन्छौं न कि शुक्रकीट आएको । बुझ्नुपर्ने कुरा के हो भने शुक्रकीट त अति नै साना हुन्छन् । प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्रको मद्दतले यसको परिक्षण गरिन्छ । एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिलिलिटर -५ मिलिलिटर भन्नाले १ चियाचम्चाजति) वीर्य निस्कन्छ । वीर्यमा हुने शुक्रकीटको संख्या सधैू एकनासको नहुन सक्छ । शुक्रकीटको संख्या ४ देखि १२ करोड प्रतिमिलिलिटरसम्म हुनुलाई सामान्य मानिन्छ । हामीले देख्ने वीर्यमा यसको सानो अंश मात्र शुक्रकीटको मात्राले ओगटेको हुन्छ ।


No comments:

Post a Comment

Comment using Facebook