Tuesday, July 26, 2011

निर्वस्त्र स्क्यानको पक्षमा


अमेरिकामा भएको आतंकवादी आक्रमण पछि हवाई सेवालाई अझ सुरक्षित बनाउन ल्याइएको शरीर स्क्यानसम्बन्धी नियमको विवाद अझै साम्य भएको छैन। विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने सबै यात्रुको स्क्यानमार्फत निर्वस्त्र शरीर परीक्षण गर्ने प्रविधि आएपछि कतिपय व्यक्तिले आफ्नो गोपनियता भंग भएको हुँदा यस्तो परीक्षण रोक्नुपर्ने माग गरिरहेका छन्। विभिन्न अधिकारवादी संस्था पनि यसको विपक्षमा उत्रिएपछि विभिन्न देशका अदालतमा यो विषयका अनेकन मुद्दा विचाराधीन छन्। यस्तै किसिमको एउटा मुद्दा अमेरिकाको वासिङ्टन डीसीको स्थानीय अदालतमा पनि परेको थियो। जसमा अदालतले आफ्नो हवाई यात्रुको निर्वस्त्र शरीर स्क्यानले उनीहरूको मानवअधिकार हनन नहुने फैसला दिएको छ। अदालतले फैसलामा व्यक्तिगत रूपमा हेर्दा यो कसैको मानवअधिकार हनन भएजस्तो देखिए पनि हवाई क्षेत्रलाई सुरक्षित बनाउने हुँदा यसलाई व्यक्तिगत रूपमा नलिनसमेत आग्रह गरेको छ।

No comments:

Post a Comment

Comment using Facebook