Wednesday, April 27, 2011

विवाहपश्चात पनि हस्तमैथुन

किशोरावस्थामा हुँदा आफ्नो यौन तनाव कम गर्ने कुनै अन्य उपाय नहुँदा हस्तमैथुनकै सहारा लिनुपर्ने स्थिति भए पनि विवाहपछि यौनसम्पर्कका माध्यमबाट नै यौनआनन्द  पाउन सकिने भएकाले सामान्यतः विवाहित व्यक्तिहरूमा हस्तमैथुन गर्ने कार्यमा केही कमी आउँछ, तर यसको अर्थ यो पनि होइन कि विवाह हुँदैमा उसले हस्तमैथुन गर्न  बिल्कुलै बन्द गर्छ । विवाहित व्यक्तिहरूले विभिन्न परिस्थिति र विशेषगरी नियमित रूपमा यौन सम्र्पक राख्न नपाएको स्थितिमा आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुनको  सहारा लिन्छन् र यो एकदमै सामान्य प्रक्रिया हो ।

हस्तमैथुन गर्ने कार्यमा अभ्यस्त भएपछि कतिपय व्यक्तिले कसरी आफू सजिलै यौन चरमसुखको स्थितिमा पुग्ने भन्ने कुरा सिक्छन् र त्यसको बारम्बार प्रयोग गर्न थाल्छन् ।  तपाईंले विवाह गर्नुभन्दा पहिले हस्तमैथुन गर्ने क्रममा यसो गर्दा सजिलै यौनआनन्द पाउन सकिने कुरा पक्कै पनि सिक्नु भएको हुनुपर्छ र हातले दिने कसिलोपनमा तपाई  एकदमै अभ्यस्त भैसक्नुभएको देखिन्छ ।

विवाहपछि पनि किन हस्तमैथुनतर्फ बढी आकषिर्त ?

तपाईंले विवाहभन्दा पहिले हस्तमैथुन गर्ने क्रममा यौन चरमसुखसम्म पुग्न सिक्नुभएको कुराभन्दा श्रीमतीसँगको यौनसम्पर्क त फरक पर्ने नै भयो । फेरि नयाँ परिवेशमा  नयाँ यौन क्रियाकलापमा अभ्यस्त हुन केही समय त लाग्छ नै । तपाईंको अपेक्षामा महिलाको योनि एकदमै कसिलो हुनुपर्ने थियो, तर त्यसअनुसार नभएकाले चाहेअनुरुप  नभएको देखिन्छ । फेरि हस्तमैथुन आफूले चाहेअनुसार छोटो समयमा चरमसुखको स्थितिमा पुग्न सकिन्छ र सबै कार्य आफ्नो नियन्त्रणमा हुन्छ, जुन अर्को व्यक्तिको  सम्पर्कमा नहुन सक्छ । यस्तै कारणले हस्तमैथुनकै निरन्तरताप्रति तपाईं आकषिर्त हुनु भएको देखिन्छ ।

आफ्नो यौनसाथी -श्रीमान् वा श्रीमती) को चाहना पूरा गरेपछि आफ्नो चाहना पूरा गर्न हस्तमैथुन गर्दा दुवैको यौनजीवनमा खासै फरक नपर्ला, तर आफ्नो यौन  चाहनामा मात्र केन्दि्रत भएर हस्तमैथुन गर्नतिर मात्र ध्यान दिइयो र श्रीमान् वा श्रीमतीसँगको यौनेच्छा पूरा गर्नेतर्फ ध्यान दिन सकिएन भने त्यसले यौन जीवनमा मात्र  होइन, वैवाहिक तथा पारिवारिक जीवनमै नकारात्मक असर पर्न सक्छ ।

समाधानका लागि के गर्ने ?

समाधानका लागि त तपाईंहरू दुवै जना मिली कसरी यौनआनन्द बढी लिन सकिन्छ भनेर कुराकानी गरेर विभिन्न प्रयोग  गर्न सक्नुहुन्छ । यस्ता उपायको निरन्तर खोजी  गरिए वैवाहिक जीवनमा लामो समयसम्म यौनसुखलाई उपभोग गर्न सकिन्छ ।

श्रीमान्-श्रीमतीबीचको यौन क्रियाकलाप लिङ्ग-योनि सम्पर्कमा मात्र सीमित हुनुपर्छ भन्ने छैन, त्यसमा विविधता पनि ल्याउन सकिन्छ । एक-अर्काको यौनाङ्ग हातले  चलाउने वा हस्तमैथुनमा सघाउनेजस्ता कुरा पाक्क्रीडाका दौरानमा ल्याउन सकिन्छ । श्रीमतीलाई पनि तपाईंको हस्तमैथुन गर्ने क्रममा संलग्न गराउनु राम्रो उपाय हुन  सक्छ । तपाईंले गर्ने हस्तमैथुनको मूकदर्शक नबनाई यो सबै प्रक्रियालाई पाक्क्रीडासँग गाँसेर श्रीमतीको संलग्नता गराउन सकिन्छ । हस्तमैथुन गर्दा तपाईंले जसरी  आनन्द पाउनुहुुन्थ्यो ती कुरा तपाईंको श्रीमतीले गरिदिनुहुने स्थिति भए तपाईंलाई यौन सुख पाउन सजिलो त हुने नै भयो र यो क्रिया पनि श्रीमतीसँगको यौनसम्पर्क  एकैसाथ अघि बढ्ने भयो । जसले तपाईंहरू दुवैलाई यौन आनन्द प्राप्त गर्न सघाउन सक्छ । तपाई स्खलित भएपछि श्रीमतीसँगको यौनसम्पर्क असजिलो हुन हुनसक्छ,  त्यसैले पहिले श्रीमतीले चरमसुख प्राप्त गर्ने र पछि तपाईंले यो कार्यमा संलग्न हुने वा आलोपालो यस्तो क्रियाकलाप गरे राम्रो हुन्छ । तपाईंले हस्तमैथुन गर्ने कुरा तपाईंकी श्रीमतीले सहज रूपमा लिन सक्नुहुन्छ वा हुन्न भन्नेमा पनि धेरै कुरा भर पर्छ । थाहा दिँदा बेस होला वा नहोला, निर्णय तपाईंले नै गर्न सक्नुहुन्छ ।

योनि कसिलो बनाउन के गर्ने ?

तपाईंको अपेक्षाअनुसार फरक परेकाले मात्र योनि कसिलो नभएको लागेको हुनसक्छ, कुरा जे होस्, योनिलाई केही कसिलो बनाउने कसरत तपाईं कि श्रीमतीले गर्न  सक्नुहुन्छ । योनिलाई कसिलो बनाउने वा यौनाङ्ग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरतलाई केगेल  (Kegel) कसरत भनिन्छ । यसका लागि तपाईंकी श्रीमतीले निम्न कुरा गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले pubococcygeus भनिने मांसपेशी समूहलाई पहिचान गर्नुपछर्  । यसका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहोर्‍याएर, तेहेर्‍याएर उक्त मांसपेशीको पहिचान गर्नुपर्छ । पिसाब रोक्न  प्रयोग गरिने मांसपेशी नै त्यो मांसपेशी हो । यसले योनिद्वारलाई पनि घेरेको हुन्छ । अब यसको कसरत गर्न थाल्नुपर्छ । सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर  राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने । बिस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्‍याउनुपर्छ । बिस्तारै १० देखि १५ पटकसम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने । यो  क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पल्टसम्म पुर्‍याउनुपर्छ । ६ हप्तासम्म नियमित रूपमा यसरी कसरत गरे थाहा पाउने गरी केही फरक देखिन्छ । यो मांसपेशी  संकुचित गरेर यौनसम्पर्कका बेलामा तपाईंको लिङ्गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ । यसले तपाईंलाई मात्र होइन, तपाईंकी श्रीमतीलाई पनि यौन सुख प्राप्त गर्न  मद्दत गर्छ ।
Source;  http://www.ekantipur.com/saptahik/article/?id=3312

No comments:

Post a Comment

Comment using Facebook